स्नेहा के.सी.
झिमरुक । झिमरुक गाउँपालिकाले सहि किसानको पहिचान गरि पेन्सन कार्यक्रममा जोड्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ । बुधबार कृषि गणनाको लागि नियुक्त भएका गणकहरुलाई दिएको दुई दिने तालिमको समापन गर्दै अध्यक्ष महतरा क्षेत्रीले स्थानीय स्तरमा रहेका कर्मशिल किसानहरुको सहि अर्थमा पहिचान गरेर उहाँहरुलाई पेन्सनमा जोड्न कार्यबिधी बनाएर अगाडि बढ्ने बताउनु भएको हो ।

अध्यक्ष महतरा क्षेत्रीका अनुसार यो ब्यवस्था कार्यान्वयनमा आएपछि २० प्रतिशत किसान र ८० प्रतिशत सरकारले ब्यहोर्ने बताउनुभयो। किसानलाई पेन्सन संगै अनिवार्य जीवन बीमा गर्ने व्यवस्थालाई समेत कार्यान्वयनमा ल्याउने तयारीमा स्थानीय तहले काम गरिरहेको बताउनुभयो । किसानलाई परिचयपत्र अनिवार्य गर्ने, अनिवार्य बीमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने उहाँले बताउनुभयो ।

अध्यक्ष महतराले किसानको जीवन स्तर उठाउन नलावेसम्म आत्मनिर्भर नहुने भन्दै किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार लागेको बताउनुभयो । गाउँ बस्तिमा रहेका किसानको घरमा पुगेर तथ्यपरक विवरण ल्याउन गणकलाई आग्रह गर्नुभयो । “सहि किसान कुन हो त्यो तपाईहरुले जिम्मेवार भएर सहि तथ्यांक ल्याउनुहोला,” उहाँले भन्नुभयो, “तपाई पालिकाको एउटा अंग हुनुभयो, उत्साहका साथ काम गर्नुहोला ।” तिन महिना भित्र किसानको सबै तथ्यांक ल्याउने समय भएकोले सोही अनुसार काम गर्न गणकलाई अध्यक्ष महतरा क्षेत्रीले अग्रह गर्नुभयो ।

दुई दिन सम्म चलेको तालिममा १३ जना स्थानीय कृषि गणकहरुको सहभागिता रहेको थियो ।

झिमरुक गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को किसान सुचिकरण कार्यक्रम अन्तर्गत ८ वडा मध्य वडा नम्बर ४,५,७ र ८ को लागि कृषि गणना गर्ने तयारी गरेको कृषि शाखा प्रमुख टेक बहादुर बिकले जानकारी दिनुभयो ।

शाखा प्रमुख बिकका अनुसार यो कार्यक्रमबाट चालू आर्थिक वर्षमा करिब २ हजार ८ सय ८९ जना कृषकलाई किसान सूचीकरण कार्यक्रममा समेटिने लक्ष्य रहेको बताउनुभयो । गत आर्थिक वर्षमा वडा नम्बर १,२,३ र ६ नम्बर वडाका २ हजार ८ सय २४ जना किसानलाई सूचीकरण गरि यो कार्यक्रममा समाबेश गरिएको उहाँले जानकारी दिनुभयो । तालिमको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीको अध्यक्षतामा समापन भएको थियो । कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख टेक बहादुर बिक र कृषि अधिकृत तृसना जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय