महेश थापा
बाहाने । सामुदायिक विपद व्यवस्थापन समितिका लागि क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । नौबहिनी गाउँपालिकामा रहेका समितिका पदाधिकारीलाई प्रशासन, वित्तिय व्यवस्थापन र नेतृत्व विकास सम्वन्धि तालिम सञ्चालन गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखाको आयोजना तथा नौबहिनी गाउँपालिकाको समन्वयमा समुदायको अगुवाईमा विपद जोखिम न्यूनिकरण परियोजना अन्र्तगतका विपद व्यवस्थापन समितिलाई तालिम दिइएको हो । तालिममा नौबहिनी गाउँपालिका वडा नम्वर ३ को सारिवाङ सामुदायिक विपद व्यवस्थापन समिति, तिनखोली सामुदायिक विपद व्यवस्थापन समिति, वडा नम्वर ५ को सिद्धबाबा सामुदायिक विपद व्यवस्थापन समिति र डाम्रीकाँटे सामुदायिक विपद व्यवस्थापन समितिबाट २४ जना सहभागी छन् ।

२ दिनसम्म चल्ने तालिमको सहजीकरण महेश्वर थपलिया र देविराम शर्माले गर्नुभएको छ । नेपाल रेडक्रस सोसाईटी प्यूठान शाखाका उप सभापति देवी प्रसाद रिजालको अध्यक्षतामा उद्घाटन शत्र सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय