प्यूठान । सामुदायिक विपद व्यवस्थापन समितिका लागि क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । प्युठान नगरपालिका ३ र ५ नम्बर वडामा रहेका समितिका पदाधिकारीलाई प्रशासन, वित्तिय व्यवस्थापन र नेतृत्व विकास सम्वन्धि तालिम सञ्चालन गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखाको आयोजना तथा प्यूठान नगरपालिकाको समन्वयमा समुदायको अगुवाईमा विपद जोखिम न्यूनिकरण परियोजना अन्तरगतका विपद व्यवस्थापन समितिलाई तालिम दिइएको हो । तालिममा वडा नम्वर ३ को जिबावती सामुदायिक विपद व्यवस्थापन समिति, लालिगुरास सामुदायिक विपद व्यवस्थापन समिति, वडा नम्वर ५ को नेपाने सामुदायिक विपद व्यवस्थापन समिति र लिस्ने सामुदायिक विपद व्यवस्थापन समितिबाट २४ जना सहभागी छन् ।

चैत १४ र १५ गतेसम्म चल्ने तालिमको सहजीकरण महेश्वर थपलिया र देविराम शर्माले गर्नुभएको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा उद्घाटन शत्र सञ्चालन भएको थियो । स्वागत मन्तब्य नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखा उप-मन्त्री पार्वता आचार्यले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय