
प्यूठान । चैत १७ गते शनिबार प्यूठानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । ३३ के.भी. प्रशारण लाईन अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा शनिबार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।
विहान ११ बजेदेखी बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । लाईन मर्मत र रुख कटान गर्नुनपर्ने भएकाले सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । काम सकिए लगत्तै विद्युत सुचारु हुने केन्द्रले जनाएको छ ।