झिमरुक । प्युठानको झिमरुक गाउँपालिकाले माछा लगायत अन्य जलचर जीव समाउन मार्न रोक लागाएको छ । गाउँपालिका अन्तर्गत रहेका झिमरुक नदि, गर्तङ्गखोला र अन्य सानाठुला खोला र नहरहरुमा विद्युतीय तार (करेन्ट), बिष्फोटक पदार्थ र अन्य बिषालु पदार्थ प्रयोग गरि माछा तथा जलचर समाउन मार्न रोक लगाएको हो ।
करेन्ट, बिष्फोटक पदार्थ र बिषालु पदार्थ प्रयोग गरि माछा मार्ने काम भैरहेको जनगुनासो आएपछि गाउँपालिकाले यस्ता कानुन बिपरितको कार्य नगर्न नगराउन सूचना मार्फत जानकारी गराएको छ ।
चैत महिना देखि असार महिनासम्म माछाले फुल तथा भुरा उत्पादन गर्ने प्रजननको समय भएकोले विभिन्न बस्तुहरु प्रयोग गरि माछा तथा जलचर जीव समाउन मार्न नहुने जलचर एवं जलिय जैविक विविधता संरक्षण ऎन २०७६ को दफा ३ (१) ले ब्यवस्था गरेकोले जेठ ३२ गते देखि लागुहुने गरि माछा मार्न रोक लगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिले जानकारी दिनुभयो ।
सूचनाको बेवास्ता गरि माछा लगायत जलचर समाउने मार्ने गरेको पाइएमा कानुन अनुसार कार्वाही हुने समेत शाहिले जानकारी गराउनुभएको छ ।




S.K. Creative Media Group