प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानकाे अध्यक्षमा सुर्यबहादुर पन्त निर्विरोध चयन हुनुभएको छ। शनिबार बेलुका अबेरसम्म बिजुवार स्थित हाेटल आयुष्मामा भएको कर्मचारी युनियनको नबाै जिल्ला अधिबेशनको बन्दसत्रले पन्तलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्ष खुल्ला श्रीधर पाेख्रेल, उपाध्यक्ष महिला जुक्ता पाेख्रेल, उपाध्यक्ष समाबेशि सेरसिंह थापा, सचिब हुमलाल न्याैपाने, सहसचिब हरी प्रसाद गाैतम, काेषाध्यक्ष नारायण प्रसाद घिमिरे, चयन हुनुभएको कर्मचारी युनियनले जनाएको छ ।
यस्तै संगठनका सदस्यमा क्रमश मदन रिजाल, केशब गिरी, मनाेज पाेख्रेल, मन्जु धिताल, सराेज डाँगी, हुमलाल सुनार, मेघराज थारु, बिजुला जिसी, शान्तिकुमारी पुनमगर, कृत बहादुर बिक र टंक बहादुर चाैधरीलाई निर्बिराेध चयन गरिएको हाे।
अधिबेशनले युनियकाे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खिम बहादुर अधिकारी, धर्म बहादुर डिसी, यशाेदा बैध, बिष्णु थापा छबिलाल सुनारलाई चयन गरिएको छ, भने प्रदेश महाधिबेशन प्रतिनिधिमा शाेभाराम राेका, शाेभाराम काेईराला, गिरीराज पाैडेल, लाेकेन्द्र खड्का र केशबति भट्टराई निर्बिराेध चयन गरिएको कर्मचारी युनियनले जानकारी दिएको छ।
नबाै जिल्ला अधिबेशन युनियनका अध्यक्ष खिम बहादुर अधिकारीकाे अध्यक्षतामा भएकाे अधिबेशनको बन्दसत्रमा संगठनको प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र भाबी रणनीति समेत पारित गरिएको छ। अधिबेशनकाे उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेस सांसद निमा गिरीले गर्नु भएकाे हाे।




S.K. Creative Media Group