प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्यूठानले सञ्चालन गरेको तीन दिवसीय जिल्लास्तरीय अगुवा प्रशिक्षक, प्रशिक्षण कार्यक्रम समापन भएको छ । माघ १५ देखी शुरु भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको १७ गते समापन गरिएको हो ।
बुधबार पोलिटव्युरो सदस्य सूर्य थापाले समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षण कार्यक्रमले जिल्लामा थप उत्साह र हौसला मिलेको बताउनुभएको छ । एमालेको कार्यकर्ता अरु पार्टीको कार्यकर्ता भन्दा अध्यनशिल, सामाजिक र जनता प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । पार्टिले लिएको कार्यनीति र रणनीतिलाई आत्मसात गर्दै पार्टीको गतिविधिलाई आम जनता माझ पुर्याउनुपर्नेमा जोड दिन सहभागीलाई आग्रह गर्नुभयो । नेकपा एमालेले समाजमा हुने सामाजिक गतिविधिको जानकारी राख्ने र हरेक गतिविधिको अगुवाई गर्नुपर्ने बताउनुभयो ।
प्रशिक्षणको उद्घाटन माघ १५ गते पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभएको थियो । उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा, कार्यभार विषयमा प्रशिक्षण दिनुभएको थियो भने पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी पोलिटव्यूरो सदस्य तथा प्यूठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्य तथा प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजना गरी दुई विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तीन दिने प्रशिक्षण कार्यक्रममा माक्र्सवादी दर्शन र जनताको बहुदलीय जनवादको विकास, नेपाली समाजको विकास क्रम र विशेषता, संगठन निर्माण : सिद्धान्त, व्यवस्थापन र परिचालन, दशौं महाधिवेशनको नीति, कार्यक्रम र समृद्ध नेपाली सुखी नेपालीको कार्यदिशा, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन, प्यूठानको कम्युनिष्ट आन्दोलन : संक्षिप्त इतिहास, वर्तमान र भविष्यका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, नेतृत्व, प्रशिक्षण व्यवस्थापन, प्रस्तुती सीप र शैली, विज्ञान प्रविधिको विकास सूचना तथा सञ्चारको महत्व, आर्थिक अनुशासन र लेखा व्यवस्थापन, प्यूठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजना (प्रस्तुती र समुह छलफल कार्यशाला), प्यूठानमा पार्टी प्रशिक्षणको अवस्था र योजना जस्ता विषय बारे सहभागीहरु स्पष्ट भएका छन्।
सहभागी प्रशिक्षण तपाई हामिले जिल्ला व्यापी रुपमा प्रशिक्षणका कार्यक्रमहरुलाई अभियानको रुपमा लैजाने नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । प्रशिक्षणले पार्टी सदस्यहरुमा नयाँ ऊर्जा दिनुका साथै पछिल्ला समसामयिक विषय तथा प्रविधिका बारेमा समेत ज्ञान मिलेको उहाँले बताउनुभयो । बुधबार भएको समापन कार्यक्रम सहभागीहरुलाई प्रमाण-पत्र वितरण समेत गरिएको थियो ।
जिल्ला अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षता, पोलिटब्युरो सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट सुरेन्द्र जिसी र देबि प्रसाद रिजालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालकन पार्टी सचिब माधव शर्माले गर्नुभएको थियो ।