प्यूठान । अखिल नेपाल महिला संघ प्यूठानको छैठौं जिल्ला सम्मेलन शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा सप्पन्न भएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय सचिब बिना ज्ञवालीले हर घरमा अनेम संघ, घर घरमा अनेम संघको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) को प्रमुख पिलरको रुपमा अनेम संघले काम गर्दै आएको भन्दै सिङ्गो एमालेलाई थाम्ने पिलरको रुपमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि ज्ञवालीले अखिल नेपाल महिला संघले गरेको आन्दोलनका कारण अहिले ३३ प्रतिशत अधिकार प्राप्त भएको बताउनुभयो । अहिले ५० प्रतिशत सहभागिताको माग गर्दै गर्दा महिलाको सहभागितालाई समेत बढाउदै लैजानुपर्ने बताउनुभयो ।

उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिदै नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताउनुभयो ।

“पितृसत्ताको अवशेष बाकी छ । त्यसलाई तोड्दै जानुपर्छ,” बिशेष अतिथि चौधरीले भन्नुभयो । उहाले नेतृत्व निर्माण, बैचारिक क्षमता बिकास, महिलाको पक्षमा वकालत, संस्थागत बिकासमा अखिल नेपाल महिला संघले गरेको कार्य महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले राजनीतिक परिवर्तनपछिको अहिलेको परिस्थितिमा नयाँ तरिकाले चुनौती पार गर्दै जानुपर्ने अवस्था रहेको बताउनुभयो । प्रबिधिको समय भएकाले सोही अनुसार चल्नुपर्ने उहाँको भनाई छ ।
संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गराउन समेत भूमिका खेल्न आवश्यक छ । अध्यक्ष बिष्टले योग्य सक्षम महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ स्थापनाको अवस्था देखि अहिलेसम्म आईपुग्दा संगठन बलियो बनेको अनुभुती भएको बताउनुभयो ।


सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य, गोमा रेग्मी, धना कार्की, कमला रिजाललाई सम्मान गरिएको छ ।
जिल्ला अध्यक्ष भगवती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नारायणी अधिकारी र संचालन गोमा भट्टराईले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय