प्युठान । नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका सबै वडामा आज परीक्षा संचालन भईरहेको जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।

जिल्लामा ५ हजार २ सय ७५ जना संगठित सदस्य रहेको र सबै सदस्यले परीक्षा दिने अध्यक्ष बिष्टले बताउनुभयो । परीक्षा आधारभुत तहको भएको उहाँले बताउनुभयो । परीक्षा संचालनका लागि जिल्ला कमिटीबाट वडा वडामा सहजकर्ता परिचालन गरिएको छ । यो परीक्षा लुम्बिनी प्रदेशका सबै जिल्लामा आज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय