भोगाइ: आफ्नै कथा,
अम्बिका कडेल, बुटवलबाट ।
किताव, पत्रपत्रिका, उपन्यास, कथा, कविता, नाटक पढ्दै जादा पाठकलाइ एक किसिमको नशा बन्छ। उबेला हाम्रो घरमा हामी भाइबहिना बीच कसले धेरै पढ्ने, कसले नयाँ पढ्ने भन्ने कुरामा प्रतिस्पर्धा हुन्थ्यो। किताब भाडामा पाइन्थ्यो। निस्चित समय अवधीका लागि, सिमित रकम बुझाउनु पर्थ्यो, जति पढेपनि पाइन्थ्यो। घरको काम, आफ्नो स्कुलको गृहकार्य सकेपनि फुर्सदको समयमा अन्य किताबहरु पढिन्थ्यो। पढ्दै जादा आफुले पनि केही कोर्न मन लाग्थ्यो। कविता, मुक्तक, गजल डायरीमा मिति उल्लेख गरि लेखिन्थ्यो। अक्षरहरुसंग प्यार थियो, वाक्यहरुसँग सामिप्यता र पुस्तकहरुसँग लगाव थियो।
मासिक पत्रीका युवामञ्चको म नियमित पाठक थिएँ। त्यहा प्रकाशित गरिएका लेखहरु, कथा कविताहरुमा म आफुलाइ चुर्लुम्म डुवाउँथे। कथा कविताहरु असाध्यै मन पर्थ्यो। यस मासिक पत्रिकामा एक जना लेखकको लेखले मेरो मन छुन्थ्यो। के छ नयाँ भनेर हरेक नयाँ अंकमा वहाँको लेख सवभन्दा पहिला खोज्ने गर्थे। त्यस पत्रिकामा एउटा पत्रमित्र स्तम्भ पनि थियो । म वहाँको सृजनाले प्रेरित भएका कारण एउटा पत्र लेख्ने निधो गरेँ। दुइ-तिन कविता सहित पत्र लेखेर लेखेर हुलाकबाट प्रेषित पनि गरेँ। एक महिना पछि वहाँको प्रतिउत्तरको पत्र आयो। म खुशी थिएँ। निकै उत्प्रेरणाका शब्दहरुले भरिएको वहाँको पत्र धेरैपटक पढेँ। हाम्रो नियमित पत्राचार हुन थाल्यो। वहाँले भन्नुहुन्थ्यो मेरा तिनवटी बहिनि थिए। अब तिमीसँग चार भयो। तिमीले आफ्नो अध्ययनमा एकदमै ध्यान दिनुपर्छ। अगाडी बढ्नुपर्छ मेरो आशिर्वाद सदा तिमीलाइ छ। दाइको माया र आशिर्वाद शिरोपर गरि म आफुलाइ सबल र सफल बनाउन तल्लिन रहन्थे। दाइले भन्नुहुन्थ्यो -” नानी तिमीले स्नातक पास नगरी, आत्मनिर्भर नबनी बिहेको बारेमा नसोच्नु है।”
तर समय र नियती कहाँ चाहेजस्तो , सोचेजस्तो हुन्थ्यो र ! मेरो पढाइ आइ एडमा आएर अड्कियो। नियतीले मलाइ तराइबाट पहाडको एउटा गाउँमा पुर्यायो। अब म सँग उकाली, ओराली, हसियाँ, डोको, नाम्लो, घाँस दाउरा र गोबर मात्रै थियो। म मेरै सपनाको मलामी भएको थिए । गाउँका युवाहरुले एउटा त्रैमासिक पत्रिका निकाल्ने योजना बनाएछन्। मलाइ त्यस पत्रिकाको सल्लाकारम राखेछन। मलाइ पनि राम्रै लाग्यो। मेरा सृजना पनि प्रकाशित हुन थाले। फुर्सदमा कोर्थे र पुस्तकमा केही ठाँउ ओगटेका हुन्थे मेरा शब्दले। तर यहाँ पनि म टोकिएँ। मेरो कविता पढेपछि प्रभावित भएँ भन्दै मलाइ पत्र आउन थाले । सबैको राम्रो नियत हुन्थ्यो या हुन्नथ्यो तर मलाइ हेर्ने पारिवारिक दृष्टिकोण बदलिन थाल्यो। किनकी म कसैकी पत्नी,बुहारी, देउरानी थिएँ।
पितृसतात्मक समाज र परम्परावाद पद्दतिलाइ आत्मसात गर्न नसक्नु मेरो कमजोरी थियो सायद! त्यसपछि मैले मेरो कलम सदका लागि बन्द गर्ने निधो गरे। दिनहरु बित्दै थिएँ। मेरा सपनाले परैबाट गिज्याउदै थिए। मेरो कपिल दाइका प्रेरणा मेरो मनमा गढेका बसेक थिए । एउटै संकल्प थियो । अब कसरी मेरो अध्ययन अगाडि बढाउँ। ६ बर्ष बिते, बालबच्चा भए। उनीको स्याहारले व्यस्तता थपियो। कम्मरमा बाँधेको पटुकीले दैनिकीलाइ बाध्यो। चिरिएका कुर्कुच्चाले सपनालाइ कुल्चेर हिड्न थाल्यो।ठेला परेका हातहरुमा कलम नसुहाउने हुन थाल्यो। तर मनको अटोठ मरेको थिएन। दिन फेरिएला ,पढ्न सकुला, केहि त गर्न सकुला भन्ने आशालाइ मर्न दिएको दिएको थिएन।
मेरालागि समय बदलियो।म पुन:तराइ झर्ने हिम्मत जुटाएँ। छोराछोरीलाइ एउटा बोर्डिङमा भर्ना गरि म पनि त्यहि बोर्डिङको शिक्षक बने। अनि बुटवल बहुमुखि क्याम्समा मानविकी संकायमा बि.ए.( स्नातक तह ) भर्ना गर्ने निधो भयो। बि. ए. पनि पूरा गरे। एम. ए. सँगसँगै एक बर्षे बि. एड. पनि पूरा गरियो। त्यसपछि जागिर खाने इच्छा जाग्यो शिक्षक सेवा आयोगको परीक्षामा सफल भइ सरकारी जागिरे हुने सपना पूरा भयो । क्याम्पसको लेक्चर भए। मैले देखेको मेरो सपना भेटेँ।
अब त टाढा टाढा सम्म सम्बन्ध बढाउन, कुराकानी गर्न, बिचार साट्न, गतिविधि थाहा पाउन सामाजिक सञ्जाल ( फेसबुक) पनि थियो। मलाइ पनि मेरो छोराले फेसबुक आइडि बनाइदियो। मैले सबभन्दा पहिला मेरो कपिल दाइलाइ फेसबुकमा खोजेँ। वर्षौ भएको थियो सम्पर्क नभएको। कहाँ हुनुहुन्छ होला। मैले मेरो प्रगति दाइलाइ सुनाउनु जो थियो। तर भेट्नै सकिन। एकदिन स्कुलमा खाली पिरियडमा अफिसमा बसेको मेसेन्जरमा एउटा मेसेज आयो । नाम कपिल थियो। वहाँले लेख्नुभाथ्यो -तपाइको घर बुटवल होइन र? यहीँ नामकी मेरी एउटी बहिनी थिइन्। लामो समय भयो सम्पर्क नभएको। मेरो आँखा रसाएँ। उतिबेलै फोन गरेँ र भनेँ- हो दाइ म हजुरको त्यहीँ अभागि बहिनी हुँ। अहिले चिठी पठाउनु पर्दैन। टाढाबाट भएपनि दाइको माया र आशिर्वाद पाइरहेको छु। अनवरत पाइरहेको छु ।