अम्बिका कंडेल
– ममता ! आज के खाजा खाने?
– किन सोधेको? ममताले के खाजा ल्याउछिन
घरबाट भन्नेकुरा कसैलाइ थाहै हुदैन।
ममता मुसुक्क हाँस्छिन। केहि बोल्दिनन्। उनको स्वभाव नै भैसकेको छ कि । उनलाइ जुन नियतले जस्तोसुकै कुरा सुनाएपनि चासो दिने गर्दिनन। उनले खाजाको टिफिन बाकस सधै लिएर स्कुल आउछिन तर उनले खाजा खाएको कसैले देखेको छैन।

टिफिन समय हुन्छ। सबैजना खाजा खान क्यान्टिन तिर जान्छन्। गोलो घेरामा बसेर चाउमिन,म:म, समोसा अर्डर गर्छन् र जिब्रो पड्काउदै ,क्या मिठो भन्दै क्यान्टिनबाट निस्कन्छन्। ममतापनि हातमा टिफिन समाएर क्यान्टिन को नजिक बसि अरुले खाएको हेर्छिन। उनले खान्छिन या खान्निन् तर घण्टी लागेपछि अरु साथीहरुसंग कक्षाकोठामा पस्छिन।
दिनहुँ यस्तै गरि बित्छ ममताको टिफिन टाइम।

एकदिन बिद्यालयको कर्मचारी फोहर व्यवस्थान गर्ने क्रममा फोहर संकलन गर्ने स्थानमा रोटि तरकारी ,चिउरा ,अचार जस्ता खानेकुराहरु फालेको देखे। उनले उक्त कुरा स्टाफ कोठामा आएर सबै शिक्षकहरुलाइ सुनाए। आखिर कसले र किन खाजा यसरी फालेको रहेछ भनेर खोज्दै जाँदा ममताले हो भन्ने कुरा पत्ता लाग्यो। ममताले खाना फाल्दै गर्दा सानो कक्षाको विद्यार्थीले देखेका रहेछन।

उनको कम बोल्ने र खासै साथीहरुसंग घुलमिल गर्न नसक्ने उनको स्वभावले गर्द प्राय धेरैले उनलाइ राम्ररी चिन्न सकेका थिएनन्।उनले किन यसरी खाजा नखाइकन फाल्ने गरेकी हुन् भन्ने बारे सोधपुछ गर्न उनलाइ अफिसमा बोलाइयो । उनी आउन मानेकी थिइनन्। बल्लतल्ल फकाइ फुल्याइ गरि अफिससम्म त आइन् ।तर उनलाइ सोधिएको जिज्ञासा को जवाफ दिइनन्। शिक्षकहरुको प्रयास असफल रह्यो।

अब उनको अभिभावकलाइ बोलाएर नै यसबारे जानकारी दिने निधो भयो। भोलीपल्ट अभिभावक बोलाइयो। अभिभावक संगसंगै ममतालाइ पनि प्रधानाध्यापकको कक्षमा राखेर ममताको क्रियाकलापबारे अभिभावकलाइ सुनाइयो। अभिभावकले अत्यन्त चिन्तित हुदै ममतालाइ सोध्नुभो- ” छोरी तिमीले किन खाजा फालेकी? मिठो नभए मैले यो लैजान्न भन्नुपर्थ्यो। यस्तो किन गरेकी?”
ममताले डर मिसिएको रोदनका साथ आँखामा आँसु टिलपिल गर्दै भनिन्।” बाबा! खाजा चिसो हुन्छ। मैले खानै सक्दिन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय