-शर्मिला क्षेत्री , काठमाडौं ।
प्युठानको गाउँबाट पहिलोपटक भबिस्यको खोजीमा शहर पस्ने निर्णय मनमा जाग्यो । अनेकन सपनाको पोको बोकेर जब आफ्नो प्यारो जन्मगाउँ छोड्दै अवसरको खोजीमा काठमाडौं यात्रा गर्दै थिए, मेरो मनमा अनेक सपनाहरू सल्वलाई रहेको अनुभुती हुन्थ्यो । फेरि झसङ्ग भएर सोच्थे आफ्नै स्कुल गाउँ साथी संगी हाँसखेल झगडा गरेको यस्तै यस्तै……..तर फेरी मन बलियो बनाएर सोच्थे केही गर्नुपर्छ। यसको लागि एकमात्र विकल्प मेरो अगाडि गाउँ छोड्नु र संघर्ष गर्नु….तर त्यति बेला पहिलोपटक काठमाडौंको यात्रा गर्दा मनमा कस्तो होला अवसर कति धेरै होला भन्दै सोच्दै खुसी छाएको थियो भने गाउँ घर छोड्दा मनमा अलिकति पिर र बेचैनी पनि थिए । सबै कुरो भुल्दै आफ्नो सपना पूरा गर्ने तिब्र इच्छाको उकुसमुकुस भित्र भित्र भुल्ने कोशिश पनि गरिएको थिए । जब जब बसले आफ्नो यात्रा अगाडि बढाएको थियो। त्यति धेरै मनमा निकै डर पसेको थियो अन्जान सहर अन्जान मानिसहरुको भिडमा आफुलाई कसरी समाहाल्ने हो भन्ने पिरले भित्र भित्र सताइरहेको थियो ।
आफ्नो सपना पुरा गर्ने बाबा आमा घर छोडेर सहर जादै छु, कतै आफुले देखेको सपना पुरा नहुने पो हो कि भन्ने डर पनि उत्तिकै उब्जिएको छ। मेरो बाबा आमाको मेहनत खेर जाने त् हैन ? यस्तै यस्तै अनेकन डरले अर्कै खालको तनाव दिइरहेको थियो । आमाबाको काख छोड़ेर अन्जान शहर जान गारों त धरै भएको थियो तर बाध्यता भनम् या रहर दुवै थियो। यस्तै सोच र तनाव को साथ यात्रा जारी थियो । जब बसले त्रिशूली पार गर्यो तब छुटै खलको सोच आउन थाल्यो कस्तो होला त काठमाडौं शहर ? के म त्यो शहरमा आफुले देखेका सपना पूरा गर्न सकुला त ? त्यो भिडमा आफ्नो लक्ष्य हासिल गरूला त …? जब बस काठमाडौंको बसपार्कमा रोकियो तब झन निकै अजिब र कताकता उकुसमुकुस लागेको थियो। कता कता उकुसमुकुस लागिरहेको थियो ।
तर सायद पहिलो पटक यति टाढा गाउँबाट आएको भएर होला या भनम पहिलो पटक यति ठुलो शहर देखेको भएर होला झाया्प हेर्दा काठमाडौं त्यति सोछे जस्तो लागेन………. जताजतै गाडीहरु गुडिरहेको मान्छेहरुको भिड जहाँ आफुलाई एक्लो महसुस हुँदै गयो । शान्त वातावरणमा बस्न वानी परेकी म त्यो कोलहाल भिडभाड गाडिको आवजमा बस्न अलि समय लाग्ला जस्तै लाग्यो आफ्नो मनलाई बलियो बनाउदै मनमनै भने घर छोडेर यति टाढा आएकी छु। मेरो निम्ती गाउँमा आमाबाले यति धेरै दुःख गर्नु भएको छ हार नमानी हरेक मुस्किल र चुनौतीहरू पार गर्दै बाबाले म प्रति र म स्वयम आफुले देखेको सपना पुरा गरेरै छोड्ने अठोट आउछ। मान्छेको भिडभाडमा आफ्नो मनलाई बलियो बनाउदै अगाडि बढ्ने निर्णय लिए । प्रगतिको पहिलो कुरो अध्यायन नै भएकोले पढाईलाई निरन्तरता दिने प्रणय गरे ।
हामिले सोचे जस्तो काठमाडौं खास सजिलो थिएन जहाँ अवसरै अवसर हुन्छ भनेको थिए । तर गाउँ भन्दा धेरै कडा मेहनत गर्नुपर्दो रहेछ । अनेकन सपना इच्छा बोकेर काठमाडौं पुगेका हरेकको मनमा शुरुआतमा यस्तै लाग्थ्यो होला त्यहाँ पुगेपछि सबै इच्छा पुरा गर्न सजिलो हुन्छ भनेर पूरा नहुनेपनी होइन अवसर रहेछ अवसर पाउन यत्तिकै हुदो रहेनछ। मेहनत गाउँमा भन्दा धेरै गर्नुपर्ने रहेछ । अहिले यहीँ सहरिया अवसरको खोजिको गर्भ भित्र म पनि पुगेकोछु आफुलाई निपुणता बनाउने कोसिस गरिरहेको छु । यही सोचका साथ काठमाण्डौंमा पहिलोपटक पुग्दै जिवनको एउटा नयाँ यात्रा शुरू गर्ने सोचे…..।