प्यूठान । नेवार समुदायको संस्कृति जगेर्नामा स्थानीय सरकार सदैव नागरिकको साथमा रहेको झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ । सोमवार झिमरुक ६ घुम्नेठाँटी बजारमा नेवार समुदायले निकालेको गाइजात्रा र रोपाइजात्रा अवलोकनमा पुगेका एमसीले नेवार समुदायको पर्वलाई जीवन्त राख्नका लागि सरकारको साथ रहीरहने प्रतिवद्धता जनाउनुभयो ।
मौलिक पहिचान बोकेको नेवारी समुदायका विभिन्न पर्वहरुको संरक्षणमा नयाँ पुस्तालाई संस्थागत रुपमा जगेर्ना गर्नका लागि अघि बढ्न समेत एसीले सुझाव दिनुभयो । यूवापुस्ता यस्ता संस्कृतिको बचाउँमा लाग्न उहाँले आग्रह गर्नुभयो । उहाँले कला, संस्कृतीको पहिचान र संरक्षणले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने समेत उल्लेख गर्नुभयो ।
रोपाईजात्रा र गाईजात्रा कार्यक्रममा गाउँपालिका अध्यक्ष अवलोकनमा आउँदा सिंगो नेवारी समुदायलाई उत्साहित बनाएको घुम्नेठाँटीका स्थानीय युवा प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय