प्यूठान । जिल्लाको माण्डवी गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । शनिबार पालिकाको आयोजनामा मार्सिवाङ खेल मैदानमा तेस्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो।
अध्यक्ष कप खेलकुद प्रतियोगिताको संविधानसभा सदस्य नारायण प्रसाद अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो। प्रतियोगिताको उद्घाटन गर्दै संविधान सभा सदस्य अधिकारीले खेलकुदले युवायुवतीलाई स्वस्थ बनाउदै अनुशासित भएर अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय सरकारले खेलकुदको विकासमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
तीन दिनसम्म सञ्चालन हुने गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा कृकेट र भलिबल खेल संचालन गरिने पालिकाले जनाएको छ । पालिकाका अनुसार प्रतियोगितामा प्रत्येक वडाबाट पुरुष, महिला भलिबल र पुरुष कृकेट गरि १५ समुहको सहभागीता रहेको छ ।
पालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्की स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ध्रुब पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक, खेलाडी विद्यार्थी लगायत स्थानियको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group