प्यूठान । गौमुखी गाउँपालिका प्यूठानुले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गौमुखी माबिले हात पारेको छ ।आज ठुलाबेसीमा सम्पन्न प्रतियोगितामा गौमुखी माबि ठुलाबेसी ८ स्वर्ण ४ रजत र ५ कास्य सहित प्रथम भएको हो

प्रतियोगितामा खरा माबि रजवारा ७ स्वर्ण ३ रजत र ५ कास्य सहित द्वितीय, अर्खा माबि अर्खाले ५ स्वर्ण ५ रजत र २ कास्य सहित तृतीय भएका छन् ।

गौमुखी गाउँपालिकाका सात वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए । बिजेता खेलाडीलाई गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले पुरुस्कार प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको हो । शुक्रबार गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय