प्यूठान । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्यूठानमा शुरु भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवारमा आज लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा जिल्लाका सबै पालिकाले भाग लिएका छन । कराते र तेक्वान्दो खेल पुण्यखाेला कवर्ड हलमा हुनेछ भने बाकी कबड्डी, भलिबल र एथलेटिक्स बिधाका खेलहरु गणतान्त्रिक खेल मैदान बिजुवारमा संचालन हुने आयोजकले जनाएको छ ।