काठमाडौं । आयरल्यान्डको ‘ए’ टोली र नेपाल ‘ए’ टोलीबीच आज तय भएको टी-२० अभ्यास खेल रद्द भएको छ । वर्षातका कारण टी-२० अभ्यास खेल रद्द भएको हो ।
यसअघि नेपालको सिनियर राष्ट्रिय टोलीसँग २ खेलको टी-२० खेल खेलेको थियो । नेपाल ‘ए’ र आयरल्यान्ड को ‘ए’ बीच ३/३ खेलको टी-२० र एक दिवसीय सिरिज हुने कार्यतालिका रहेको छ । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्ने छन् ।