प्युठान । ऐरावती गाउँपालिकामा युवा परिषद गठन भएको छ । ऐरावती गाउँपालिकाको आयोजना तथा कालिका विकास केन्द्र नेपाल सिड्सको सहयोगमा गाउँपालिका स्तरिय युवा परिषद गठन गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि यूवा परिषद लुम्बीनी प्रदेशका कार्यकारी उपाध्यक्ष गोवीन्द बहादुर खत्री रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खत्रीले स्थानिय तहहरुले युवा लक्षित कार्यक्रमलाई प्रथमिकता दिएर निती निर्माण गर्नुपर्ने बताउनु भयो । युवा बिहिन बन्दै गएका गाउँहरुमा बिभिन्न योजना, कार्यक्रम तथा निती निर्माण गरेर बिदेशीने युवालाई गाउँमै रोजगारीको वातावरण सृजना गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कार्यक्रम संचालन गर्न युवाहरु आफै जागरुक भएर लाग्नुपर्ने र त्यस्ता युवाहरुको साथमा गाउँपालिका रहेको बताउनुभयो । ऐरावती गाउँपालिकामा युवाहरुका लागी प्रदेश सरकारले लगानी गर्न चाहे त्यसको ५० प्रतिशत लगानी गाउँपालिकाबाट हुने गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

 

कार्यक्रममा लुम्वीनी प्रदेश युवा परिषदका सदस्य सरोज खनालले युवाहरुका लागी कार्यक्रमको आयोजाना गर्दा युवा शसक्तिकरण, युवाको नेतृत्व बिकास र उद्यमशिलतामा युवा परिषद लाग्नुपर्नेमा जोड दिनुभयो । यृुवाका समस्यालाई केन्द्रमा राखेर स्थानिय तहहरुले कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसमा प्रदेशले साथ दिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा उपाध्यक्षमा दुर्गा सुनार र सदस्यमा सरिला गुरुङ , करिस्मा बि.क लगाएत १५ सदस्यीय परिषद गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय