प्युठान । प्युठानको मुक्ति माध्यमिक बिद्यालय रातामाटामा एक लाख ५० हजार रकम थप गरेर अक्षयकोष ५ लाख पुराइएको छ ।

कुलप्रसाद, पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोषका संरक्षक प्युठान टारी जन्मनुभएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ सालमा आफ्नो बुबा आमाको स्मृतिमा यो अक्षयकोषको स्थापना गर्नुभएको हो ।

जिल्लाको सबैभन्दा पुरानो मुक्ति माध्यमिक बिद्यालय रातामाटामा कक्षा ११ र १२ मा अध्यनरत जेहेन्दार र उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रालाई अक्षयकोषबाट प्राप्त भएको ब्याज रकमबाट रु दश, दस हजार नगद दिने निर्णय भएको मुक्ति माध्यमिक बिद्यालय रातामाटाका शिक्षक लोकमणी भण्डारीले जानकारी दिनुभयो ।

हाल अष्ट्रेलियामा बस्दै आउनुभएका प्रोफेसर डा.भेषराज भण्डारीले आफुले अध्यन गरेको मुक्ति माध्यमिक बिद्यालय रातामाटामा आमाबाबुको सम्झनामा अक्षयकोष स्थापना गरिएको थियो । शुरूवातमा २ लाख ५० हजार राशिको अक्षयकोष अर्को वर्ष एक लाख थप गरि ३ लाख ५० हजार पुर्याइएको थियो । अहिले ३ लाख पचास हजारको कोषलाई रु १ लाख ५० हजार वृद्धि गरेर ५ लाखमा पुराउनुभएको बिद्यालयका शिक्षक लोकमणी भण्डारीले जानकारी दिनुभयो ।
यो पुरस्कर बिद्यालयको वार्षिकोत्सबको अवसरमा प्रदान गरिदै आएको छ । बिद्यालयको वार्षिकोत्सब हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मनाउदै आएको छ ।

(फाइल फोटो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय