प्युठान । नेपाली काङ्ग्रेसका नेता एवंम प्रतिनिधि शभा सदस्य डा. सुनिल शर्माले राजनीतिक नेतृत्व जिम्मेवार नहुदा देशमा बेथिति बढेको बताउनुभएको छ । नेतृत्व सत्तामा मात्र केन्द्रित हुँदा मुलुकमा बेथिति ब्याप्त भएको उहाँको आरोप छ ।

प्रेस युनियन प्युठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाटमा देशको अवस्था देखेर चिन्तित हुनु परेको बताउनुभयो । एनसेल काण्ड, सुन काण्ड जस्ता घटनाको उदाहरण दिदै नेता शर्माले सरकारले निकास दिन नसकेको आरोप लगाउनुभयो ।

मुलुकका दुर दराजको बिकास हुन नसकेको भन्दै त्यसमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको पछिल्लो अवस्थादेखि जनतामा निराशा उत्पन्न गराएको बताउनुभएको छ । प्युठानको सडक र अस्पतालको सुधारका बिषयमा आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता शर्माले नेपाली काङ्ग्रेस पार्टी सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बिपीको आदर्श बोकेको पार्टी बनाउन पार्टी भित्र संघर्ष गर्नुपरेको बताउनुभयो । “आफ्नै पार्टीको किन बिरोध गरेको भन्नुभएको होला,” उहाँले भन्नुभयो,”पार्टी सुधार गर्न खबरदारी गरिएको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय