प्युठान । प्युठान, गुल्मी र अर्घाखाँचीको संगम स्थल सौतामारे नजिकै पर्ने कङ्केदेउराली पर्यटकीय गन्तव्यको रुपमा बिकास हुदै गएको छ ।
मदाने गाउँपालिका-६ पुरकोटमा पर्ने कङ्केदेउरालीमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन । प्युठान, गुल्मी र अर्घाखाँचीबाट दैनिक पर्यटक पुग्ने गर्दछन ।
कङ्केदेउराली प्रबेश गर्न प्रति ब्यक्ति २० रुपियाँ शुल्क निर्धारण गरिएको छ । बालबालिकालाई खेल्ने पार्क, भ्यु टावर, वाटर फाउन्टेन, पिकनिक स्पोट लगायत संरचना निर्माण गरिएको छ । अहिले कङ्केदेउरालीसम्म पुग्ने मोटरबाटो स्तरोन्नति गरिदै छ ।
कङ्केदेउरालीका केही तस्वीरहरु