माधव खनाल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा छत्रदेव गाउँपालिका वडा नम्बर ८ काफलडांडा निवासी ४८ बर्षिय पदम बिक रहेको प्रहरी चौकी अर्घातोषले जानकारी दिएको छ।
बिहिवार साँझ करिब ४ :३० बजेको समयमा खर काट्ने क्रममा अचानक चिप्लिन घाइते हुनुभएका बिकलाई उपचारको लागी जिल्ला अस्पताल गुल्मी तम्घास लगिएको थियो । उहाँको चेकजांच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए।
बिक खर्यानबारीबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतक बिकको शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल गुल्मीमै राखिएको प्रहरीले बताएको छ।



S.K. Creative Media Group