तुलसीपुर । दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । तुलसीपुरबाट तरकारी ल्याउन भनी सल्यानको कपुरकोटतर्फ जाँदै गरेको ट्रक राम्री भीरबाट खसेको हो ।

बुधबार रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्री भीरबाट बेलुकी ६ बजेर १० मिनेटमा करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ट्रकमा गाडी धनी तुलसीपुर-३ का टीकाराम भुसाल र गाडी चालक नारायण सार्की सवार रहेका थिए । दुवै जना सकुशल रहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार ट्रक खाली रहेको बताइएको छ। उकालोमा चढ्दै गरेको ट्रकको पट्टा एकाएक भाँचिएपछि ट्रक ब्याक भइ भीरबाट खसेको प्रहरीले बताएको छ।

भित्तामा ठोक्काएर जोगाउने प्रयास भए पनि संभव नभएपछि दुवैले हाम फालेर ज्यान जोगाएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय