प्युठान । १६ औँ राष्ट्रिय निर्माण दिवस-२०८० प्युठानमा मनाईएको छ । निर्माण व्यवसायी संघ प्यूठानकाे आयाेजनामा मल्लरानी गाउँपालिका- ४, खलंगामा रहेकाे शारीरिक अपांगता आवास गृहका बालवालिकाहरुलाई भोजन गराएको छ ।

 

निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नबिन कुमार श्रेष्ठले दिवसको अवसरमा सामाजिक कार्य गरिएको बताउनुभयो । उहाँले देश निर्माणको क्षेत्रमा निर्माण ब्यबसायीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राज्यले ब्यबसायीलाई काम गर्ने वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय अपांग सेवा संघ प्युठानले संचालन गरेको शारीरिक अपांगता आवास गृहमा जिल्लाका विभिन्न ठाउँका अपांगता भएका बालबालिका बस्दै आएका छन । उनीहरूले नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरेको संघका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो । आवास गृह संचालन गर्न विभिन्न निकायसंग सहयोग लिने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय