अर्घाखाँची । अर्घाखाँची अस्पतालकाे अध्यक्षमा पुन: सन्धिखर्क १ निवासि सामाजिक तथा शैक्षिक ब्यक्तित्व श्रीकृष्ण भुसालले नै निरन्तरता पाउनु भएको छ ।
उहाँ बिगत २०७८ बैशाखमा लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषद ) काे निर्णय अनुसार ३ वर्षको लागि अर्घाखाँची अस्पताल विकास समितिकाे अध्यक्ष पदमा मनाेनयन हुनु भएको थियाे ।
यसरी अध्यक्ष भएर काम गरिरहेकै अबस्थामा प्रदेश सरकार परिवर्तन संगै २०८० कार्तिक २३ गते प्रदेश सरकार का.बा.मुख्य मन्त्री तथा अर्थ मन्त्री स्तरकाे निर्णय ले सन्धिखर्क नगरपालिका १२ निबासि समाजसेवी लिलाधर बस्याललाई अर्घाखाँची अस्पताल बिकास समितिकाे अध्यक्षमा मनाेनयन गरि पठाएकाे थियाे । अस्पताल विकास समितिकाे अध्यक्षमा मनाेनित भए संगै उहाँले केही हप्ता अघि एक कार्यक्रम बिच अस्पतालमा पदभार ग्रहण गर्नु भएको थियाे ।
यसरी उहाँ अस्पताल बिकास समितिमा आईसके पछि अध्यक्ष श्रीकृष्ण भुसाल समेतले आफ्नाे कार्यकाल पूरा नहुँदै आफुलाई पूर्वाग्रह रूपमा हटाईएकाे र याे नियुक्ति कानून र नीति संगत नभएको भन्दै खारेजीकाे माग राख्दै अन्तरिम आदेश सम्म माग गरि सर्बोच्च अदालत समक्ष निवेदन गरेसंगै अदालतले २०८० मंसिर १९ काे न्यायाधीश डा.नहकुल सुबेदिकाे एकल ईजलासकाे निर्णय अनुसार नियमावली संसाेधन गरि पदाधिकारि समाप्त गरेकाे सम्बन्धमा (प्रदेश सरकार बाट ०८० कार्तिक २४ मा भएको मनाेनयनकाे निर्णय कार्यान्वयन नगर्नु ,नगराउनु यथास्थितिमा राख्नु ,आदेशकाे जानकारि प्रत्यार्थीलाई दिनु ) भनी अल्पकालीन आदेश जारि गरे संगै पुन अध्यक्ष श्रीकृष्ण भुसाल अस्पताल बिकास समितिकाे अध्यक्ष मा निरन्तरता पाउनु भएकाे हाे । अदालतकाे याे निर्णय पछि उहाँ मङ्गलवार आफ्नाे कार्यकक्षमा पुगि यथावत काममा लाग्नु भएको छ ।
“बिगत २०७८ सालमा पनि मलाई यसरी नै पदच्युत गरिएकाे थियाे त्यतिबेला पनि आज जस्तै मुद्दा जितेर म अध्यक्ष पदमा पुनरबहाली भएकाे थिए ।” उहाँले भन्नुभयाे । यसरी अविछिन्न रूपले काममा खटिरहेका विकास समितिलाई बिच बिचमा अबराेध खडा गर्ने गर्दा सेवा प्रभाहमा नकारात्मक असर पर्ने र कार्य क्षमता प्रदर्शन गर्न समेत गार्हो हुने उहाँले भनाई छ ।
“सरकार परिवर्तन भएकै कारण अस्पताल विकास समितीहरू बिघटन र नियुक्ति गर्ने हाेडबाजि चलेकाे छ याे गलत हाे याे स्थिति अबका प्रदेश सरकारले नगराउन् कानूनि हिसाबले नियुक्ति भैसके पछि कमजाेरि गरेकाे अबस्थामा बाहेक समितिलाई पूर्ण कार्यकाल कामगर्ने वातावरण श्रृजना गरून् ।उहाँले भन्नुभयाे । उहाँले समितिलाई राजनितिक दाउपेचकाे थलाे नबनाउन सम्बन्धित निकायलाई अनुराध गर्दै स्वास्थ्य क्षेत्र दलगत स्वार्थका लागि हाेईन समग्र समाज र राष्ट्रकाे लागि सेवा प्रदायक थलाे बनाउनु पर्नेमा जाेड दिनुभयाे ।
यस बिषयमा अर्घाखाँची अस्पताल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारिले यसरी पटक पटक अध्यक्षहरू फेर बेदल भैरहदा अस्पतालका दैनिक काम काजहरू देखि लिएर समग्र अस्पतालकाे ब्यबस्थापनमा कठिनाई उत्पन्न भएकाे बताउँदै मानव जीवन संग जाेडिएकाे स्वास्थ्य क्षेत्र जस्ताे गम्भीर बिषयलाई राजनिती रूपले नहेरि एक पटक नियुक्ति गरे पछि जाे काेहि हाेस् उस्ले आफ्नाे पूरा कार्यकाल काम गर्न पाउने बातावरण र नीति सरकार र सम्बन्धित तहले बनाउन सके अस्पतालहरूले गति लिन सक्ने बताउनुभयाे ।