पोखरा । पोखरामा कारले पैदलयात्रीलाई २ ठक्कर दिएर २ जनाको मृत्यु भएको छ। बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले गएराती राति पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा बाग्लुङको ढोरपाटन नगरपालिका- ६ घर भइ पोखरा-३, नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभएको छ। कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कार भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय