प्युठान । अविरल बर्षाको कारण पहिरोले प्युठान-भालुवाङ्ग सडक अवरुद्ध भएको छ । प्युठान-भालुवाङ्ग सडकको गनाह-चकचके सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडक माथिबाट आएको लेदो सहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ । पहिरोले रातिदेखी प्युठान-भालुवाङ्ग सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला आउजाउ गर्ने यातायातका साधन र यात्रुलाई गन्तव्यमा पुग्न समस्या भरेको छ ।
विभिन्न उपकरणको सहायताले ठाउँ ठाउँमा झरेको पहिरो पन्छाउने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक खुलेपछि रोकिएर रहेका यातायातका साधनहरुलाई गन्तव्य तिर पठाइने काम गरिने जिल्ला ट्राफिक कार्यालय प्युठानले जानकारी दिएको छ ।
रातभर परेको वर्षाले जिल्लामा रहेका ठुला तथा साना नदि खोलामा पानीको सतह बढेको छ । बाढी पहिरोको जोखिमबाट बच्नको लागि स्थानीय प्रशासनले स्थानीयलाई सतर्कता रहन भनेको छ । आज देशभर अत्याधिक वर्षा भैरहेको मौसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।
फाइल फोटो :



S.K. Creative Media Group