प्यूठान । प्यूठान नगरपालिका वडा नम्वर ५ स्थित ठूलोगाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा ९८४ बाख्रा, १३८ गाईगोरु, १४० भैसी रागो र अन्य पशुपन्छी १२० को उपचार औषधि वितरण गरिएको छ । शिविरमा कार्यालय प्रमुख विनोद शर्मा, कार्यक्रम संयोजक भरत गिरी, पशु चिकित्सक डाक्टर राम भरोस यादव लगायतको टोलीले सेवा दिएको थियो ।

कार्यालयले यसअघि स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ मा शिविर गरेको थियो । तीन वटा शिविर गर्ने वार्षिक लक्ष्य लिएको कार्यालयले आगामी दिनमा थप एक ठाउँमा शिविर गर्ने योजना रहेको गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय