प्यूठान । मल्लरानी गाउँपालिकाको वडा नम्बर ५ स्थित कालाखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । ०७९ भदौ १३ गते सम्झौता भएर निर्माण शुरु भएको ४८ मिटर लामो पुल भर्खरै निर्माण सप्पन्न भएको हो ।
उक्त पुलको सार्वजनिक लेखापरिक्षण कार्यक्रम गरि खर्च सार्वजनिक गरिएको छ । पुल बनाउन ३० लाख ३९ हजार ६९६ रुपियाँ लागत लागेको छ । जसमा समुदायको ६० हजार, मल्लरानी गाउँपालिकाको ४ लाख १ हजार ९५१, स्वापको २३ लाख ५५ हजार ३९३ र लठ्ठा लगायत सामाग्री २ लाख २ लाख २२ हजार ३५२ लागत लागेको खर्च विवरणमा उल्लेख छ ।
पुल बनेपछी स्थानियलाई आवत जावतमा सहजता भएको उपभोक्ता समितिका सचिब किरण पन्थीले बताउनुभयो । पुल बनेपछि स्थानीय खुशी भएको उहाँले बताउनुभयो ।



S.K. Creative Media Group