प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका-७ स्थित तुषारा निर्माण हुन लागेकाे वडा कार्यालय भवनकाे शिलान्यास गरिएको छ । बुधबार भवनको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिलान्यास गर्नुभएको हो।

वडा कार्यालय भवनको शिलान्यास धार्मीक बिधि अनुसार पुजापाठ गरि सम्पन्न गरिएको छ। भवन निर्माणको काम प्युठानकाे दिब्याङगा निर्माण कम्पनीले लिएको कार्यालयले जनाएको छ ।

भवन निर्माणकाे काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ। जिर्ण भवनबाट स्थानीय जनतालाई सेवा प्रबाहमा समस्या भएको भन्दै भवन निर्माणकार्य सुरु गरिएको अध्यक्ष एमसीले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि जनताको दैनिक सेवा प्रबाहमा सहजता हुने उहाँले बताउनुभयो ।

सेवाप्रभाहको लागि भवन समयमै सम्पन्नभै नागरिकको दैनिक सेवा प्रवाहमा सहजता हुने अपेक्षा गाउँपालिकाले लिएको उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । गुणस्तरीय सामाग्रीको प्रयोग गरि निर्माणकार्य तोकिएको समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले आग्रह गर्नुभयो ।

कम्पनीले चालू आर्थिक वर्ष २०८१/०८२ को असार १० गतेसम्म काम सक्ने गरि ५८ लाख ४३ हजार ६ सय ९८ रुपैयाँ ०१ पैसामा गत फागुन २९ गते सम्झौता गरि काम सुरु गरेको अध्यक्ष एमसीले जानकारी दिनुभयो। निर्माणाधीन वडा कार्यालय भवनको कुल लागत भ्याट र पिएस समेत गरि ८५ लाख ४९ हजार १ सय ६८ रुपैयाँ ६१ पैसा रहेको इन्जिनियर जिसीले जानकारी दिनुभयो ।

गाउँपालिकाका इन्जिनियर अशोक जिसीका अनुसार निर्माण हुन लागेको वडा कार्यालय भवनमा अध्यक्ष कक्ष, प्रशासनिक कक्ष, प्राबिधिक कक्ष, छुट्टाछुट्टै महिला पुरुष शाैचालय र विश्राम कक्ष सहित एकतले ४ काठे सुबिधा सम्पन्न पक्की भवन निर्माण हुने जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका-७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसीकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा झिमरुक गाउँपालिकाका
अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अथिती उपाध्यक्ष प्रमोद पोख्रेलको रहनुभएको थियो । कार्यक्रम इन्जिनियर अशोक जिसी, वडा प्राविधिक शिव पोख्रेल  वडाका जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

झिमरुक गाउँपालिकामा ८ वटा वडा रहेकोमा ६ वटा वडाका वडा कार्यालय यस अघिनै निर्माण भैसकेको र ७ नम्बर वडा कार्यालय यस् आर्थिक वर्षमा सम्पन्न गर्ने गरि काम थालिएको छ भने वडा नम्बर ८ को वडा कार्यालय निर्माण हुन बाकी रहेको पालिकाले जानकारी दिएको छ । वडा नम्बर ८ को वडा कार्यालयको केन्द्र विवाद रहेकोले काम रोकिएको पालिकाले जनाएको छ । हाल निर्माण गर्न लागिएको ७ नम्बर वडा कार्यालयले पुरानो जिर्ण भवनबाट सेवा प्रबाह गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय