मकवानपुर । मकवानपुरमा बिद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गएराति मकवानपुरगढी गाउँपालिका-२, धरमपानी स्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१-००६ ख ७०७२ नम्बरको बिद्युतीय माइक्रोबस राति करिब १ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । १३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको ।
प्रहरीका अनुसार गाडीमा चालक सहित बससमा१६ जना यात्री सवार रहेका थिए । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा परि घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ । गाडी सडकबाट झण्डै २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीक अनुसार दुर्घटना बारे थप अनुसन्धान भैरहेको जनाएको छ।



S.K. Creative Media Group