प्यूठान । राष्ट्रिय युवा संघ नेपाल नेपाल प्यूठानको अधिबेशन बैशाख २५ गते हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन युवा संघ प्यूठानको ११औँ अधिवेशन बैशाख २५ गते गर्ने निर्णय भएको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले अधिबेशनको मिति तय गरेको अध्यक्ष बिसेक थापाले बताउनुभयो । अधिबेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाँडफाँड गरेको उहाँले जानकारी दिनुभयो ।

अधिवेशन प्रतिनिधिका लागि प्रत्येक वडाबाट १ महिला सहित ३ जना रहने व्यवस्था गरिएको छ । पालिका कमिटी पदाधिकारी अधिवेशनको पर्यवेक्षक रहने छन ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सचिब इन्द्रमणी पोख्रेलले युवा संघ नेपाल नवीनता, सृर्जनशीलता, गतिशिलता सहित परिवर्तन, निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक संगठनको रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

केन्द्रिय समितिको सर्कुलर प्रस्तुत गर्दै संघका अध्यक्ष बिसेक थापाले अधिबेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसात गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने बताउनुभयो । उहाँले तोकिएको जिम्मेवारी सहित अधिबेशन तयारीमा जुट्न समेत अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

संघला केन्दिय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज पिम बहादुर पुनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै जिल्ला स्थित युवालाई सामाजिक आर्थिक तथा राजनीतिक रुपान्तरण गर्न अधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय