प्यूठान । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सीराम शर्माले राष्ट्र निर्माणमा कर्मचारीको भुमिका अहम् रहने भन्दै जिम्मेवार भएर कार्यस्थलमा खट्नुपर्ने बताउनुभएको छ । आइतबार जुम्रीमा नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवस तथा क्यालेन्डर बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले कर्मचारी राज्यको स्थायी अंग भएकोले जनताको सेवा प्रबाहमा जिम्मेवार भएर कार्यमा खट्नुपर्ने बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश र स्थानीय तहको कर्मचारीको ऎन र कार्यविधि समेत सदनबाट अनुमोदित भएर कार्यान्वयनमा आइसकेकाले कर्मचारीलाई कतिपय सरुवा, बढुवा र वृद्धि बिकासमा समेत सहज हुने बताउनुभयो । “कर्मचारीका समस्यामा सरकार जानकार नै छ,”उहाँले भन्नुभयो,”कतिपय कानुन केन्द्रसंग बाझिएकोले अफ्ट्यारो भएको छ । “ती सबै समस्या समाधान गरेर सरकार अगाडि बढ्ने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले शिक्षामा कतिपय समस्या भएकोले सबै समस्या समाधान गर्न सरकार सचेत छ । सरकारले नीति निर्माण गर्ने हो, तर कार्यान्वयन गर्ने भनेको कर्मचारीले नै हो । शिक्षकका जायज माग पूरा गर्न सरकारले काम गरिएको बताउनुभयो ।

त्यस्तै नेकपा एमाले जिल्ला पार्टी सचिब इन्द्रमणी पोख्रेलले लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले देशका हरेक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै जनताले अनुभूत हुने गरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा जनताको घरदैलो मै पुगेकोले जनताले अनुभुती गर्ने गरी सेवाप्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहेकोले आफ्नो जिम्मेवारी र कर्तव्यलाई आत्मसात गर्दै अगाडि बड्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपपा एमाले जिल्ला कमिटी उपाध्यक्ष माधब शर्मा, नेपाल निजामती कर्मचारी संगठनका प्रदेश उपाध्यक्ष टुक बहादुर रोका, नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा, नेकपा एमाले प्युठान नगर कमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी, प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष वासुदेव गिरी लगायतले कर्मचारीहरुले नागरिकको सेवालाई थप सहज, प्रभावकारी र जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
बिजुवार स्थित होटल आयुष्मा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन प्युठानका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष सागर पण्डितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संगठनका सचिब बसन्त प्रसाद पोख्रेलले गर्नु भएको थियो ।





S.K. Creative Media Group