प्यूठान । नेपाल निजामती कर्मचारी संगठन प्युठानले ३५ औं स्थापना दिवसका अवसरमा मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ। आइतबार आफ्नो ३५ औं स्थापना दिवसका अवसरमा संगठनका सदस्यहरुले प्युठान नगरपालिका-५, ढुंङ्गेठाटी बस्ने ओबिराम बुढाको २१ वर्षीया छोरी रोशनी बुढाको उपचारको लागि ११ हजार २ सय २० रुपैयाँ नगद सहयोग गरिएको हो ।

कार्यक्रममा उपस्थित निजामती कर्मचारी संगठनका सदस्यहरुबाट संकलन गरेको उक्त रकम मृगौला पीडित बुढाको उपचारको लागि नेपाल निजामती कर्मचारी संगठन प्यूठान नगरपालिकाका समितिका अध्यक्ष सिताराम केसी मार्फत हस्तान्तरण गरिएको संगठनका जिल्ला अध्यक्ष राम बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँको उपचारमा केही भएपनि सहयोग होस् भन्ने उदेश्यले सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको बस्नेतले बताउनुभयो ।

अहिले मृगौला पीडित रोशनी बुढाको काठमाडौं स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय