डोटी । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बुधवार बिहान ६ वजेर तिर जिल्लाको जोरायाल गाउँपालिका-१ गोल्डेन स्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना भएको हो ।

कैलालीको धनगढीबाट विभिन्न खाद्यान्न र खुद्रा सामग्री लिएर बझाङतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा ट्रक चालक बुङ्गल नगरपालिका-२ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो । प्रहरीका अनुसार मिनिट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान खुल्ल सकेको छैन । दुर्घटनावारे थप अनुसन्धान भईरहेको डोटी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय