प्युठान । नेपाल दशनामी समाज प्युठानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार जिल्लाको प्युठान नगरपालिका–८, बाग्दुलास्थित हेलो बेकरीको सभाहलमा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरिएको हो।
नेपाल दशनामी समाज प्युठानले तयार गरिएको उक्त भित्तेपात्रो (क्यालेन्डर)मा जिल्लाका दशनामी समुदायका मौलिक संस्कृति र पहिचान झल्काउने तस्बिरहरू तथा अभिलेख समावेश गरिएको छ। जिल्लामा नेपाल दशनामी समाज प्युठानले गत वर्षदेखि भित्तेपात्रो (क्यालेन्डर) निकाल्दै आएको छ ।
कार्यक्रममा नेपाल दशनामी समाज प्युठानका अध्यक्ष केशब गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सल्लाहकार केसु गिरीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा दशनामी समाजमा आवद्ध ब्याक्तित्व जिल्ला कार्यसमिति लगायतको उपस्थिति थियो ।
जिल्लामा बसोबास गर्ने दशनामी समुदायलाई एकताबद्ध गर्दै आफ्ना कला, संस्कृती, रितिरिवाज, जन्मदेखी मृत्युसम्मका संस्कारलाई आत्मसात गर्दै सहभागिता अभिवृद्धि गर्न र संस्थागत संरचना निर्माणको दिशामा अग्रसर गराउनका लागि समाजले महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।
नेपाल दशनामी समाज प्युठानलाई थप व्यवस्थित बनाउदै सम्पूर्ण दशनामीहरूको तथ्यांक तयार गरि सबैलाई समाजमा आबद्ध गराउन पहल गर्न समाज क्रियाशिल हुँदै सामाजिक, शैक्षिक क्षेत्रमा आफ्ना सदस्यलाई अब्बल बनाउदै लैजानुपर्ने, दशनामीका आफ्ना आवाजहरूलाई स्थापित गर्न जिल्ला समितिको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो । कार्यक्रमको सहजीकरण वासुदेव गिरी र माधब गिरीले गर्नुभएको थियो ।




S.K. Creative Media Group