भिंगृ । स्वर्गद्वारी नगरपालिकाको भिंगृमा २ दिने समाचार लेखन र न्यू मिडिया सम्बन्धी तालिम संचालन भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा तालिम संचालन गरिएकाे हाे ।

महासंघका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएकाे  तालिम उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव गोविन्द शर्मा, महासंघ प्यूठानका सचिव बासुदेव गिरी, नेपाल प्रेस युनियन लुम्बिनीका सचिव शम्शेर विक्रम जिसी र प्रेस सेन्टर प्युठानका कोषाध्यक्ष सन्तोष सुनारले शुभकामना मन्तव्य  राख्नुभएको थियो ।

पत्रकारहरूको लेखन सीप अभिवृद्धि तथा डिजिटल पत्रकारितासँग अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।  तालिमकाे अग्रज पत्रकार चेतन अधिकारी र माधव अर्यालले सहजीकरण गर्नुभएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्युठान र रोल्पामा कार्यरत ३५ जना पत्रकारहरूको सहभागिता रहेको छ ।

विभिन्न मिडियामा कार्यरत पत्रकारहरुकाे क्षमता विकासका लागि पत्रकार महासंघ लुम्बिनीले प्रदेशका १२ जिल्लाका पत्रकारहरुलाई समेट्ने गरी ६ जिल्लामा विभिन्न विधाहरुमा तालिम दिन थालेकाे छ । यसअघि बर्दियाकाे ठाकुरद्वारा अर्घाखाँचीमा तालिम सम्पन्न भईसकेको छ ।

यो तालिम पछि गुल्मी र पाल्पालाई समेटेर पाल्पाकाे तानसेनमा, पूर्वी रूकुमको रूकुमकोटमा र रूपन्देहीको बुटवलमा तालिम आयोजना गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय