प्यूठान । नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ्गमा अन्तर पालिका स्तरीय न्यायीक समितिको आठौं मासिक बैठक सप्पन्न भएको छ । नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा न्यायीक समितिको बैठक बसेको हो । बैठकले ५ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

बैठकमा सबै स्थानीय तहमा हुने गरेका साना तथा मझौला साथै सबै प्रकृतिका मुद्दा मामिला र समाधानका उपायका विषयमा बृहत् रुपमा छलफल भएका छन । यस बैठकले प्यूठानका सबै स्थानीय तहहरुमा न्यायीक समितिमा दर्ता भइ छलफल र बहसका रुपमा रहेका जटिल प्रकृतिका मुद्दाहरु समेत सहज रुपमा समाधान गर्न ठुलो भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

साथै प्यूठानकै उच्च शिर कोठिभिर, नौबहिनी क्षेत्र पर्यटन प्रबर्द्धनमा समेत सबै स्थानीय तहले चासो दिनुपर्ने कुरामा समेत सकारात्मक बहस तथा छलफल भएका छन् । साथै नौबहिनी र कोठिभिर क्षेत्र समेत अवलोकन गरेका छन ।

कार्यक्रमको अवसरमा अन्य स्थानीय तहका उप-प्रमुख/उपाध्यक्ष, कर्मचारी तथा अन्य अतिथिहरुलाई मायाको चिनो र गाउँपालिकाको डायरी प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय