काठमाडौँ । देशभरका महत्त्वपूर्ण राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएपछि उर्जा, सहरी र भौतिक तथा यातायातमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाउनुभएको छ।
शनिबार सिंहबारबारस्थित मन्त्रालयमा आकस्मि बैठक बसिरहेको जनाइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा दसैंमा घर जाने यात्रुलाई यातायात कसरी सहज गराउने भन्ने विषयमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग मन्त्री घिसिङले संयुक्त छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

केहीदिनको वर्षाले हालसम्म देशभरका सात राजमार्ग अवरुद्ध भएको छ। मुख्यतया नारायणगढ(मुग्लिन सडकखण्ड शुक्रबारदेखि बन्द भएको सडक ७ घण्टा बितिसक्दा पनि अझै खुल्न सकेको छैन। देशका सडकका ठाउँठाउँमा पहिरो गएको छ। ती पहिरो गएको ठाउँमा पनि सुख्खा पहिरो खस्दा बाटो खुलाउन नसकिएको प्रहरीले जानकारी गराएको छ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यातायातका साधन र यात्रु बाटोमै अलपत्र परेका छन । अहिले सडक खुलाउन मेसिन प्रयोग गरिरहेको भएपनि पहिरो झरिरहेकोले समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय