प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा समाबेसी र जवाफदेहिता स्वास्थ्य सेवाका लागि समुदायहरुलाई ससक्त बनाउने पहुँच-कार्यक्रम शुरु हुनुभएको छ । जर्मन सरकारको सहयोगमा, झिमरुक गाउँपालिकाको समन्वयमा र सहकर्मी समाज बाँकेको आयोजनामा कार्यक्रम सञ्चालनको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।
सामाजिक परिचालन र सशक्तीकरणको क्षेत्रमा काम गर्ने गरि समाबेसी र जवाफदेहिता स्वास्थ्य सेवाका लागि समुदायहरुलाई ससक्त बनाउने पहुँच-कार्यक्रम शुरु गर्न लागिएको कार्यक्रम संयोजक पुनारम पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार झिमरुक गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ वडामा पहिलो फेजमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
समुदायका सदस्यहरु महिला, दलित, जनजाति, युवा, अपाङ्गता भएका व्यक्तिहरु, सीमान्तीकृत, अल्पसंख्यक लगायत वडा भित्र रहेका नागरिकलाई टोल विकास संस्थाहरुमा संगठित गरि सशक्तीकरण गर्ने, टोल विकास संस्थाहरुले स्वास्थ्य सेवामा पहुँच सुधार गर्दै चुनौती र अवसरको विश्लेषण गरी कार्ययोजना तयार गर्ने, कार्यान्वयनमा पहल गर्ने, नागरिकलाई जागरुक बनाउदै समुदायका सदस्यहरुको सहकार्य, समन्वय र संयुक्त कार्यको लागि संस्थागत तथा व्यक्तिगत क्षमता सुदृढ गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको स्वास्थ्य सल्लाहकार समि पाण्डेले आफ्नो प्रस्तुतिकरण मार्फत जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रेले नागरीक र स्थानिय सरकारको विचमा समन्वय र सहकार्य गर्दै जनताको पहुँच स्थापित गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाज रुपान्तरणका लागि पैरवि गर्दै आईरहेको संस्थाले झिमरुकमा पनि राम्रो काम गर्नेमा आफू ढुक्क भएको बताउनुभयो । पालिकामा यो कार्यक्रम ल्याउन सहयोग गरेको प्रति धन्यवाद ब्यक्त गर्नुभयो । पालिकामा ८ वटा वडा रहेको भएपनी पहिलो चरणमा ४ वटा वडामा मात्र यो कार्यक्रम सञ्चालन हुन छनोट भएकोले सबै वडामा कार्यक्रम पुर्याउन पहल गरिने एमसीले बताउनुभयो ।
उहाँले समाजमा हुने साझा समस्याको सामुहिक रुपमा पहिचान गर्दै साझा धारणाको आधारमा समस्या समाधानको खोजी गर्ने र समाजमा भ्रष्टचार र ब्यक्तिगत चिन्तनको अन्त्य गर्दै समाज परीवर्तको दिशामा अगाडि बडाउन सहकर्मी समाजले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी, पत्रकार, सुरक्षा निकाय लगायतको सहकर्मी समाजका सामाजिक परिचालनको उपस्थिति रहेको थियो ।
जिआइजेट (GIZ)को हेल्थ एडभाइजर समि पाण्डे र कार्यक्रम संयोजक पुनारम पन्थीले कार्यक्रम उदेश्य, बजेटको सिमा, कार्यक्रमको क्षेत्रको बारेमा प्रस्तुतिकरण रहेको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालन नारायण पोख्रेलले गर्नुभएको थियो ।



S.K. Creative Media Group