दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।

सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय