पाल्पा । पाल्पामा एक जना व्यक्तिको खोलामा डुबेर ज्यान गएको छ । रामपुर नगरपालिका वडा नम्वर ३ स्थित निस्दी खोलामा डुबेर ३९ वर्षीय खिम बहादुर खाडको मृत्यु भएको हो ।
रामपुर नगरपालिका १ बैदाका खाडको पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



S.K. Creative Media Group