प्यूठान । घरायसी झगडाको कारण आत्मदाह गर्ने पर्यास सहित बुवाले शरीरमा पेट्रोल छर्कदा बुवा-छोरी गम्भीर घाइते भएका छ्न । आइतबार राति सवा १० बजेतिर प्यूठान नगरपालिका-९, पाहारपाखाका ४५ वर्षिय सानू नेपाली र उहाँकी १८ वर्षिय छोरी अंजली नेपाली जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडामा सानुले आफ्नै शरिरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गर्दा छोरीले बचाउन खोज्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पेट्रोल खोसा-खोस गर्ने क्रममा दुबै जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सानू नेपाली वैदेशिक रोजगारीबाट गाउँमा फर्किएपछि  दैनिक आम्दानीको लागी पछिल्लोसमय अटो गाडी चलाउदै आउनुभएको थियो । उहाँका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन् । जलेर घाइते भएकी अंजली नेपाली स्नातक अध्ययनरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय