प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले ४५ दिने बुटिक सम्बन्धि सिप बिकास तालिम शुरु गरेको छ । आइतबार उक्त तालिमको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले एक कार्यक्रम बिच व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।

तालिम उद्घाटन गर्दै झिमरुक गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले स्थानीय महिलाले सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले सीप लिन आउनुभएको महिलाहरुलाई अनुशासन भएर सीप सिकेर स्वरोजगार बनेर आत्मनिर्भर बन्नेतर्फ अगाडि बढ्न सुझाव दिनुभयो ।

सीप सिकेर उदाहरणीय उद्यमका रूपमा स्थापित हुने कुरामा आफू विश्वास गरेको बताउनुभयो। उहाँले बुटिक सीपलाई दीगो रूपमा अघि बढाउन स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएको जानकारी समेत दिनुभयो।

सीप पूरा गरेपछि उत्पादन गरेका सामाग्री स्थानीय कपडा उद्योग र गार्मेन्ट उद्योगबीच आपसी सहकार्य गरी उत्पादनको बजारीकरणमा स्थानीय सरकारले थप सहजीकरणमा जोड दिने बताउनुभयो। यो कार्यक्रमले सीप सिकाएर बेरोजगार महिलाहरूलाई उद्यमीका रूपमा स्थापित गर्ने भएकोले जिम्मेवार भएर ज्ञान सीप लिन सहभागीलाई अनुरोध गर्नुभयो।

झिमरुक गाउँपालिकाको आर्थिक सहयोग र चिरायु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ४५ दिने बुटिक सम्बन्धि सिप बिकास तालिम शुरु गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा वडा सदस्य मित्रु गिरी, खिम कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

चिरायु सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष बसन्त बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहेको थियो। संस्थाका सदस्य हेमराज भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विडि गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षक बसन्ता पुन, जनप्रतिनिधि, कर्मचारी लगायत झिमरुक गाउँपालिका- ६ का स्थानीय १२ जना महिलाहरु सीप सिक्नको लागि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय