प्यूठान मल्लरानी गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाउन थालिएको एचपिभि खोप लक्षित सबै किशोरीहरुलाई लगाउने योजना बनाएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउनका माघ २५ गतेदेखि पालिका भित्रका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

६ कक्षामा अध्ययन गर्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समुहका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख पारश शाहीले जानकारी दिनुभयो । हाल पालिका भित्रका १८४ जना विद्यालयमा रहेका र समुदायमा रहेका ८ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ ।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममामा जनस्वास्थ्य अधिकृत सन्तना गौतमले प्रस्तुति राख्नुभएको थियो । उहाँले नेपालमा प्रत्येक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष १ हजार ३१३ जना महिला पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिका भित्र रहेका स्वास्थ्य र शिक्षा शाखाले समन्वय गरेर कोही नछुट्ने गरी खोप लगाउन आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बिजय पौडेलले लक्षित समुहका सबैले खोप पाउने गरि योजना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी र खोप समन्वय समितिका पदाधिकारीलाई खोप अभियानको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय