प्यूठान । प्यूठानमा टिपरले ठक्कर दिएर एक जना सडक मजदुरको ज्यान गएको छ । बिहिवार प्यूठान नगरपालिका–८ पाडावाङ नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुङ बहानेबाट बाग्दुला तर्फ आइरहेको रा १ ख १८३९ नम्बरको टिप्परको ठक्करबाट ३७ वर्षीय अशोक परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

राप्ती गाउँपालिका-१ भालुबाङ दाङ घर भई सडक मजदुरीको काम गर्दै आएका परियारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्पर बाहानेबाट बाग्दुला आउँदै थियो । दुर्घटना स्थल बाग्दुला बजारदेखि करिब ६ किलोमीटर उत्तरी पुर्वको पाडाबाङमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय