प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले अनुदान लिन इच्छुक किसानलाई निवेदन दिन १५ दिने सार्वजनिक सुचाना जारी गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हलगोरु पाल्ने किसानहरुलाई अनुदान उपलब्ध गराउनका लागि सार्वजनिक सूचना आव्हान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । अनुदान वितरणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा लक्षित कार्यक्रमका लागी २ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
अनुदानका लागि किसानले कुनै पनि सरकारी कार्यालयबाट हाते ट्याक्टर नलिएको स्वघोषणा गर्नुपर्ने नगरपालिकाले जनाएको छ । इच्छुक स्थानीय किसानले हलगोरु सहितको लाभग्राहीको फोटो र वडा कार्यालयको सिफारिस समेत आवेदनका साथ पेश गर्नुपर्ने जारी सूचनामा भनिएको छ ।



S.K. Creative Media Group