प्यूठान । ऐरावती गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको फिल्ड स्तरीय समीक्षा गरिएको छ । ऐरावती गाउँपालिका–५ को पकला पिकनिक पार्कमा आईतबार परियोजनाको फिल्ड स्तरीय समीक्षा गरिएको हो ।

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षता तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा परियोजनाका संयोजक, सामाजिक परिचालक र फिल्ड प्राविधिकको प्रस्तुतीकरण रहेको थियो । उनीहरुले परियोजनाले यस आर्थिक वर्षमा गरेका गतिविधि, उपलब्धी र चुनौतीका विषयहरु प्रस्तुत गरेका थिए ।

२०७९ माघ १६ गते देखि परियोजना लागु भएको गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । ४८ महिने परियोजनामा गाउँपालिकाले चार करोड ९० लाख र हेफर प्रोजेक्ट नेपालले दुई करोड १० लाख रुपियाँ लगानी गर्ने सम्झौता भए अनुसार काम भइरहेको छ । साथै हेफर इन्टरनेशनल नेपालसँगको साझेदारीका स्वस्थ्य माटो परियोजना समेत सञ्चालन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले परियोजनाका उपलब्धीलाई दिगो बनाउन ऐरावती सामाजिक महिला उद्यमी सहकारी स्थापना गरिएको उल्लेख गर्दै दिगोपनाका लागि पालिका प्रतिवद्ध रहेको बताउनभयो । उहाँले परियोजना सञ्चालनका क्रममा आएका चुनौतीलाई छलफलको माध्यमबाट समाधान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले स्वागत तथा कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन परियोजना संयोजक नारायणलाल श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय