प्यूठान । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताान नेपाली टोली फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराएको हो ।
जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाउनुभयो ।
बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।
उपाधिका लागि नेपालले मलेसिया र हङकङबिचको सेमिफाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।


S.K. Creative Media Group