प्यूठान । एसियन गेम पुरुष छनोट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
सिङ्गापुरमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
वर्षाले प्रभाविक खेलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय १४ रन बनाउँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस प्रणाली (डिएलएस) का आधारमा विजेता बनेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाउनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८८ रन बनाएको थियो । हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाउनुभयो ।
बलिङमा नेपालका शेर मल्लले चार विकेट लिनुभयो । करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकट लिनुभयो । शेर मल्ल प्लेयर अफ दी म्याच हुनुभयो ।


S.K. Creative Media Group